अमेरिकाले पनि कोरोना भ्याक्सिनलाई स्वीकृति दिँदै ! कहिलेदेख सुरु हुन्छ भ्याक्सिन कार्यक्रम ?
काठमाडौं। अमेरिकाले पनि रुसले जस्तै फेज ३ ट्रायलको नतिजा आउनुभन्दा पहिल्यै कोरोनाभाइरसको भ्याक्सिनलाई स्वीकृति दिने भएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)का प्रमुख स्टेफेन हानले क्लिनिकल ट्रायल पूरा हुनुभन्दा पहिल्यै भ्याक्सिनलाई स्वीकृति दिन सक्ने बताएका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले भ्याक्स्निको आकस्मिक प्रयोगको लागि स्वीकृति दिने तयारी भइरहेको बताएका हुन् ।
अमेरिकामा नोभेम्बरमा राष्ट्रपत पदको लागि निर्वाचन हुँदैछ । कोरोनाभाइरस नियन्त्रणमा सफलता पाउन नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भइरहेको छ । यसका कारण ट्रम्पको छविलाई निकै नोक्सानी भइसकेको छ । यही कारण ट्रम्प सरकारमाथि छिटोभन्दा छिटो भ्याक्सिन ल्याउने दबाब छ । ट्रम्पले केही दिनअघि एफडिएमाथि जानीजानी भ्याक्सिन लञ्च गर्न ढिलाइ गरिरहेको आरोप लगाएका थिए । तर, हानले भने आफूले राष्ट्रपति ट्रम्पलाई खुसी पार्न यसो गर्न लागेको भने सत्य नभएको बताएका छन् ।
अमेरिकामा अहिले केही भ्याक्सिनको फेज ३ ट्रायल चलिरहेको छ । सले भने फेज ३ ट्रायल सुरु हुनुभन्दा पहिले नै भ्याक्सिनलाई स्वीकृति दिएको थियो । अमेरिकी कम्पनीको भ्याक्सिनको साथसाथै बेलायतको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनको पनि अमेरिकामा ट्रायल चलिरहेको छ । एफडिए प्रमुख स्टेफेनहान हानले क्लिनिकल ट्रायलभन्दा पहिल्यै भ्याक्सिनलाई स्वीकृति दिन सक्ने बताएसँगै उनको बयानको विरोध पनि सुरु भएको छ ।
अमेरिकाका स्वास्थ्य विशेषज्ञहरुले क्लिनिकल ट्रायल पूरा हुनुभन्दा पहिल्यै भ्याक्सिन लञ्च गर्ने योजनाबारे चिन्ता जाहेर गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका कूल केस संख्या ६१ लाखभन्दा धेरै भइसकेको छ । एफडिए प्रमुख स्टेफेन हानले ट्रायल पूरा हुनुभन्दा पहिल्यै भ्याक्सिनलाई स्वीकृति दिने तयारी गरेको र जोखिमको तुलनामा लाभ अधिक हुने अवस्थामा स्वीकृति दिइने बताएका छन् । उनले राजनीतिक दबाबमा निर्णय नगर्ने पनि बताएका छन् ।
Facebook Comment