मलका विषयमा प्रम ओली र बंगलादेशकी प्रमबीच फोन वार्ता, बंगलादेश सकरात्मक

काठमाडौं। देशमा कृषि मलको चरम अभाव देखिएका बेला बंगलादेशले नेपाललाई मल दिन सकरात्मक जवाफ दिएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका बंगलादेशी समकक्षी शेख हसिनाबीच भएको टेलिफोन वार्तामा बंगलादेशले नेपाललाई मल उपलब्ध गराउने सहमति जनाएको हो।
प्रधानमन्त्री ओलीले ट्वीटरमाफर्त बंगलादेशले मल दिने विषयमा सकरात्मक जवाफ दिएको जानकारी दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुरा भयो। मैले युरिया मल उपलब्ध गराई दिन गरेको अनुरोधलाई उहाँले सकरात्मक जवाफ दिनुभयो।’
नेपालमा कृषिको सिजनमा मलको अभाव भउपछि सरकारको आलोचना भइरहेको छ। यस्तो बेला प्रधानमन्त्री ओलीले नै बंगलादेशबाट मल ल्याउन पहल गरेका हुन्। तर, कुन प्रक्रियाबाट कति मल बंगलादेशबाट आउँछ भन्ने विषयमा भने विस्तृत विवरण आइसकेको छैन।
This afternoon, I had fruitful discussion over telephone with Prime Minister of Bangladesh HE #SheikhHasina on the various aspects of Nepal- Bangladesh relations. She has positively taken my request for the urgent supply of urea for this crop season. pic.twitter.com/1e2RMmhd3S
— K P Sharma Oli (@kpsharmaoli) September 1, 2020
Facebook Comment