वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयले नेकपामा विवाद
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नयाँ विवाद सिर्जना भएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयले नेकपामा नयाँ विवाद सिर्जना गरेको हो। गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्ले सिफारिस गर्ने कोटाबाट राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।
तर, उक्त निर्णय सात महिना पूरा भइसक्दा पनि कार्यान्वयन भने भएको छैन। यद्यपि, गत वैशाख २० गते फेरि बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाकै उपनिर्वाचन लडाउने निष्कर्ष निकाल्दै अघिल्लो निर्णय प्रतिस्थापन गरेको थियो।
उक्त निर्णयमा दुई खालका दृष्टिकोण देखापरेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता र सचिवालयका अन्य नेताहरूबीच मत बाझिएको छ। राष्ट्रियसभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत भएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० सकिनै लाग्दा नेकपाभित्र थप समस्या उत्पन्न हुने संकेत देखिएको छ।
यसअघि गत फागुनमा पहिलो कार्यकाल सकिएपछि मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै डा. खतिवडाले मन्त्रीकाे सथप लिएका थिए।
याे खबर हिमालय टाइम्स दैनिकले छापेकाे छ।
Facebook Comment