पहिरो पीडितलाई राहत वितरण

डिसी नेपाल
१७ भदौ २०७७ ७:४१

दमौली । गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो।

गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु छ लाख ६५ हजार राहत रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। “वर्षापछि आएको पहिरोले क्षति भएका घर, टहरा, गोठ, खेतको वडागतरूपमा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा घर क्षति भएकालाई राहत रकम वितरण गरेका छौँ”, थापाले थापाले भने, “बाढीले बगर भएका खेतका धनीलाई पनि क्षतिपूर्तिस्वरूप राहत दिन्छौँ ।”

पहिरोले बन्दीपुर–१ मा ३४ घर पूर्ण जोखिममा र १९ घर आंशिक जोखिममा छन् । उक्त वडाका ९१ कृषकले बाढीले खेत बगर भएको भन्दै वडा कार्यालयमा निवेदन दिएका छन् । त्यस्तै उक्त वडाका खानेपानीको मूल, मोटरमार्ग, चक्रपथलगायतमा पनि क्षति पुगेको छ । वडा नं २ मा ३७, ३ मा ३९, ४ मा ३५, ५ मा ३७ र ६ मा १९ जनाले घर, गोठ र खेत क्षति भएको भन्दै निवेदन दिएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *