उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, पहिलेभन्दा केही खुकुलो हुने

डिसी नेपाल
१७ भदौ २०७७ १६:३१

काठमाडौं। काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पहिलेभन्दा केही खुकुलो पार्ने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको हो ।

पछिल्लो समय संक्रमणको दर बढिरहेको देखिएकोले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको हो । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने अहिलेसम्म प्रस्ट भइसकेको छैन । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्नेबारे सूचना निकालेर जानकारी गराइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *