विश्वमा कोरोना : २ करोड ६० लाख संक्रमित, डब्ल्यूएचओसँग मिलेर भ्याक्सिन बनाउने कामबाट अमेरिका अलग

डिसी नेपाल
१८ भदौ २०७७ ८:१५

काठमाडौं। विश्वभर कोरोना भाइरसबाट हालसम्म २ करोड ६० लाख ८१ हजार ५६७ जना संक्रमित भएका छन्। ती मध्ये १ करोड ८३ लाख २१ हजार ५२१ जना उपचारपछि निको भएका छन् भने ८ लाख ६४ हजार २८६ जनाको मृत्यु भएको छ। अहिले ६८ लाख ८९ हजार ६६३ जनाको उपचार भइरहेको छ।

उता इटलीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी कोरोनाबाट संक्रमित भएका छन्। प्रधानमन्त्रीको सचिवालयले बुधबार ८३ वर्षीय सिल्भियो आइसोलेशनमा रहेको र उनले घरबाटै काम गरिरहेको जनाएको छ। उनी कोरोना संक्रमणबाट मुक्त भएपछि आफ्नो पार्टी फोर्जा इटालियाको चुनाव प्रचारमा सहभागी हुने बताइएको छ।

इटलीमा सेप्टेम्बरमा स्थानीय चुनाव हुँदैछ। इटलीमा हालसम्म २ लाख ७१ हजार ५१५ जना संक्रमित भएका छन् भने ३५ हजार भन्दा धेरैको मृत्यु भएको छ।
उता थाइल्याण्डमा सय दिनदेखि घरेलु संक्रमणको एक जना पनि संक्रमित फेला नपरेको बताइएको छ।

थाइल्याण्डले म्यान्मारसँग जोडिएको सबै नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। थाइल्याण्डमा अहिलेसम्म ३ हजार ४२५ संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ।

उता अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँग मिलेर कोरोना विरुद्धको भ्याक्सिन बनाउने विश्वको प्रयासबाट आफू अलग हुने बताएको छ। अमेरिकाले डब्ल्यूएचओलाई चीनसँग मिलेर कोरोनासँग सम्बन्धित जानकारी लुकाएको आरोप लगाउँदै आएको छ। विश्वभर अहिले ३६ भ्याक्सिन मानिसमा परीक्षणको क्रममा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *