अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ६ महिनाको लागि संकटकाल थपियो
काठमाडौं। अस्ट्रेलियाको कोरोनाभाइरस हटस्पट भिक्टोरिया राज्यले बुधबार अर्को ६ महिनाको लागि संकटकालीन स्थिति थप गरेको छ । यहाँ कोरोनाभाइरसको संक्रमण दर बढ्दो भएका कारण राज्य सरकारले यस्तो निर्णय गरेको हो ।
समाचार एजेन्सी एपीका अनुसार भिक्टोरियाको संसदको माथिल्लो च्याम्बरले संकटकाल थप गर्ने प्रस्ताव २०–१९ को बहुमतले पारित गरेको हो । यो प्रस्ताव पारित भएसँगै राज्यमा सकटकालीन अवस्थामा राज्य सरकारले महामारीका विषयमा प्रतिबन्धहरु लगाउन विशेष अधिकार पाउनेछ ।
सरकारले १२ महिनाको लागि संकटकाल लम्ब्याउन चाहेको थियो । राज्यको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ९० जना नयाँ संक्रमित देखिएको र ६ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार ७० नयाँ संक्रमणका केस भेटिएका थिए । पछिल्लो हप्ता यहाँ एक हप्तामा औसत दैनिक संक्रमण दर दुई अंकमा झरेको छ । यो हप्ता औसतमा १ दिनमा ९५ संक्रमित भेटिएका छन् । अघिल्लो हप्ता एक दिनमा औसत १७५ जना संक्रमित भेटिएका थिए ।
Facebook Comment