कामपामा कोरोना : २ हजार सात सय संक्रमित, १९ जनाको मृत्यु

डिसी नेपाल
१८ भदौ २०७७ १३:२८

काठमाडौं। बिहीबार काठमाडौं महानगरले ९ वटा वडामा ५२५ जनाको स्वाब संकलन गर्दैछ। वडा ८ र २९ मा १००/१०० जना, २८ जना १२० जना, २०, २१, २३ र २४ मा गरी १२० जना, ३ मा ३० जना र ६ मा ५५ जनाको स्वाब संकलन गरिने महानगरपालिकाले जनाएको छ।

भदौ १४ गतेसम्मको विवरणअनुसार महानगरका २ हजार ७०७ जना संक्रमितमध्ये ५५५ जना होम आइसोलेसनमा छन् भने ५४७ जना अस्पतालमा उपचाररत छन्। ४८५ जना निको भएर घर फर्किएका छन्।

बिरामीको सम्पर्कमा रहेकाले संक्रमणको जोखिममा रहेका ४ हजार ३५२ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिसकिएको छ। उनीहरुमध्ये २६७ जनामा कोभिड पोजेटिभ देखिएको छ। भदौ १७ गतेसम्ममा महानगरमा कोभिडको संक्रमणकाकारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।

आज स्वाब संकलन गर्न लागिएको वडा ८ मा अहिलेसम्म संक्रमितको संख्या २३ पुगेको छ। उनीहरुमध्ये ६ जना होम आइसोेसनमा छन् भने ४ जना अस्पतालमा छन्। ५ जना निको भएर घर फर्किएका छन्। कन्ट्याक्ट ट्रेसिङबाट वडामा यस अघि ४८ जनाको स्बाव संकलन गरिसकिएको महानगरपालिकाले जनाएको छ। यसै गरी वडा २९ मा संक्रमितको संख्या ६५ पुगेको छ।

जसमध्ये १३ जना होम आइसोलेसन र २५ जना अस्पतालमा उपचाररत छन्। १० जना उपचारपछि घर फर्किसकेका छन्। कोरोनाका कारण वडामा कसैको पनि मृत्यु भएको छैन। यस अघि कन्ट्याक्ट ट्रेसिङबाट १४६ जनाको स्वाब संकलन गरिसकिएको छ।

वडा २८ मा संक्रमितको संख्या १०५, होम आइसोलेसनमा १२, अस्पतालमा उपचाररत २५ र निको हुनेको संख्या १९ पुगेको छ। कन्ट््याक्ट टे«सिङ्बाट १४५ को स्बाव संकलन गरिएको यस वडामा कोभिडकारण कसैको पनि मृत्यु भएको छैन।

१५ जना संक्रमितको संख्या पुगेको वडा २० मा होम आइसोलेसमा १ जना, अस्पतालमा उपचाररत २ जना र उपचारपछि घर फर्किने १ जना छन्। १ जनाको मृत्यु भएको वडामा यस अघि ३२ जनाको स्वाब संकलन गरिसकिएको छ। यसै गरी वडा २१ मा संक्रमितको संख्या १४ पुगेको छ। जसमध्ये ४ जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन्। २ जना उपचारपछि घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। वडामा ३५ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिएको छ।

आजै कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गर्ने वडा २३ मा संक्रमितको संख्या १५ छ। ५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् भने उपचारपछि ६ जना घर फर्किएका छन्। वडामा यसअघि कन्ट्याक्ट ट्रेसिङबाट ६० जनाको स्बाब संकलन गरिसकिएको छ।

वडा २४ मा संक्रमितको संख्या ३३ पुगेको छ। यसमध्ये २ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन्। निको भएर फर्कनेको संख्या प्राप्त भएको छैन भने कसैको मृत्यु भएको छैन। वडामा ११९ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्बाब संकलन गरिसकिएको छ।

वडा ३ मा संक्रमितको संख्या १८० छ। २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा उपचार गराउँदै छन्। ५८ जना उपचारपछि घर फर्किनु भएको छ भने १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट १२८ जनाको स्वाब संकलन गरिसकिएको छ। यता वडा ६ बौद्धमा संक्रमितको संख्या २९ पुगेको छ। १

४ जना होम आइसोलेसन र ४ जना अस्पतालमा छन्। ३ जना निको भएर फर्किएका छन् भने कन्ट्याक्ट ट्रेसिङबाट ८७ जनाको स्बाब संकलन गरिसकिएको छ।

‘महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेका छौं। महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र सकेसम्म साबुन पानी नभए स्यानिटाइजरको प्रयोग गर्ने बानीको बिकास गर्ने हो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुनेछ। यो नियम सबैका लागि महामारी नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार सबैले यसको पालना गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *