जिल्ला प्रशासनको निर्णय प्रति उपत्यका नगरपालिका फोरमको ध्यानाकर्षण

डिसी नेपाल
१८ भदौ २०७७ १३:२९

काठमाडौं। उपत्यका नगरपालिका फोरमले जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय प्रति ध्यानाकर्षण भएको जनाएको छ। भदौ १७ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको सञ्चालन गर्न पाउने सेवाअन्तर्गत बुँदा ३ मा उल्लेख व्यवस्था प्रति उपत्यका नगरपालिका फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस बुँदामा ‘उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न सकिने’ कुरा उल्लेख छ।

यसले निषेधाज्ञाको अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नु पर्ने फोरमको माग छ। आज फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ, अत्यावश्यकीय बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल÷व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अबिलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ।’

आदेशमा निषेध गरिएका सेवालाई १३ बुँदामा र सञ्चालन गर्न पाउने सेवालाई १६ बुँदामा उल्लेख गरिएको छ । यो आदेश भदौ २४ गते राती १२ बजेसम्मका लागि हो । भदौ ३ गते शुरु भएको आदेश १७ गते राती १२ बजेसम्म जारी थियो । भाइरस संक्रमण नियन्त्रणमा आइनसकेको उल्लेख गर्दै जिल्ला प्रशासनले नेपाल सरकार मन्त्री परिषद्को निर्णय, स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरेर निषेध आदेश जारी गरेको हो । १७ गते थपिएको आदेश २४ गते राती १२ बजेसम्मका लागि हो ।

बिषय परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवामध्ये अत्यावश्यकवाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने कुरा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *