वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय, खतिवडाको मन्त्री पद संकटमा

डिसी नेपाल
१८ भदौ २०७७ १८:०४

काठमाडौं। सत्तारुढ दल नेकपामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टी सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तका लागि रिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए।

उनले बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गराउने बताएको जनाए।

गौतमको पक्षमा निर्णय भएसँगै यही भदौ २० गते पदावधि सकिन लागेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ। खतिवडा मन्त्रिरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद बनेका थिए। तर, चिठ्ठा तान्दा उनको कार्यकाल २ वर्ष कायम भयो। जसका कारण गत फागुनमा उनको पद सकियो। सांसद पद सकिएपछि सांसद नभएको व्यक्ति पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनी पुनः मन्त्री नियुक्त भए। तर, यसरी मन्त्री नियुक्त भएका व्यक्ति ६ महिना भित्र सांसद हुनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभामा हाल एकमात्र सिट खाली छ। जसमा गौतमलाई पठाउने निर्णय पार्टीले गरेका कारण अब खतिवडाको मन्त्री पद स्वतः निष्क्रिय हुने भएको छ।

त्यसो त प्रधानमन्त्री ओली खतिवडालाई नै राष्ट्रिय सभामा फेरि पठाउने तयारीमा थिए। तर, गौतमले चाहना राखेपछि सचिवालयमा प्रधानमन्त्री अल्पमतमा परे। जसका कारण उनी गौतमको पक्षमा निर्णय गर्न बाध्य भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *