दाउरा छोप्न गएका तीन जना कर्णाली नदीमा बेपत्ता

डिसी नेपाल
१८ भदौ २०७७ १८:४१

राजापुर । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् ।

कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११ बजेतिर नदीमा दाउरा लिन गएका गेरूवा –४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय शिक्षक नारायण पौडेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *