अमेरिका र इटलीमा झैं कोरोनाका दर्दनाक दृष्य हेर्ने र भोग्ने दिन किन निम्त्याउनु?
सरकारले पहिलोपटक गरेको लकडाउनको औपचारिक रुपमा अन्त्यको घोषणा गरेपछि हामीले कोरोना बिर्सियौं। म म सम्झियौं। भिडभाड सम्झियौं। सपिङ सम्झियौं। आफ्नो स्वास्थ्य भन्दा महत्वपूर्ण खान र लगाउन भयो बजामा भौतारियौं।
मास्क र सेनिटाइजर भन्नेसँग सम्बन्ध तोड्यौं। सामाजिक दुरीको ख्यालै भएन। ३ महिनाको लकडाउनपछि भेटेको भन्दै सबैलाई अंकमाल गर्न थाल्यौं। सरकारले पुनः निषेधाज्ञा जारी गर्नु पर्यो।
सरकारले निषेधाज्ञा जारी गरेपछि पनि काठमाडौंमा कोरोना संक्रमण बढ्दै गयो। दिन प्रतिदिन भन्दै लकडाउनका ३/४ महिना बचाएको काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोनाका संक्रमितहरु भेटिन थाले। कोरोनाको ‘इपी सेन्टर’का रुपमा विकसित हुने अवस्था आइरहेको छ। काठमाडौं उपत्यकाका ३ वटै सिडियोहरुले लगाएको निषेधाज्ञा १/१ हप्ता भन्दै थपिदैँ गइरहेको छ।
अहिले कुनै एउटा डाक्टरले दिनमा ५० जना विरामीलाई हेर्न सक्छ भने एकै पटक ५०० विमारी आए भने उसले कसरी हेर्ने। जस्तो सुकै विकसित देश भने पनि विरामी हेर्ने त हामी जस्तै मान्छे डाक्टरले हो। एकैदिनमा ५०० विमारी आउँदा रातभरमै तालिम दिन सकिने पेशा पनि हैन डाक्टर भनेको। अव यस्तो अवस्थामा हामीले उमेर समूह हेर्ने बाहेक अरु कुनै पनि विकल्प हुँदैन।
मैले पहिले देखिनै भन्दै आएको कुरा हो निषेधाज्ञा, लकडाउन, शिल जे जस्तो भाषाहरु अनपनाए पनि यी सबै भनेका टुल्समात्र हुन्। टुल्सले समस्या समाधान सहयोगी भू्िमका निर्वाह गर्छन नै तर, समस्या समाधान गर्दैनन्। विश्वमै कोरोना नियन्त्रणको लागि यस्ता टुल्सहरु प्रयोग भए तर, यी टुल्सहरुले नै कोरोना रोकथाम गरेको भन्न मिल्दैन। यदि यस्ता टुल्सहरुले कोरोना संक्रमण रोक्ने भए कोरोना फ्रि घोषणा गरिएका कतिपय देशहरुमा कोरोना पुनः संक्रमण देखिने नै थिएन।
अहिले काठमाडौंमा देखिएको कोरोना भनेको लकडाउन खुलेपछि निषेधाज्ञा जारी नगर्दासम्मको मात्र हो। एउटा उदाहरण दिउँ ‘राम’ भन्ने व्यक्ति लकडाउन खुलेपछि घर बाहिर निस्कियो, स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अनुसार चलेन।
मास्क सेनिटाइजर भन्ने बिर्सियो। सामाजिक दुरीलाई कायम गरेन। संक्रमित भयो। बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गर्यो। निषेधाज्ञा जारी गर्नु भन्दा पहिलो दिन पनि कोही संक्रमित भएर घर गएको थियो भने उसले परिवारलाई संक्रमित गरायो।
कोरोनाको लक्षण र संक्रमण हुने प्रक्रियाले केही समय लिने भएका कारण निषेधाज्ञा जारी हुनु पूर्वको दिन संक्रमित भएकाहरु त निषेधाज्ञा भएको १ सातामा देखिए। ती व्यक्तिबाट संक्रमित भएका परिवारका सदस्यहरु अर्को सातामा देखिए।
कसै कसैलाई १४ दिनसम्म पनि कोरोनाको लक्षण देखिने भएका कारण अझै अर्को हप्ता पनि उनीहरुलाई देखिन सक्क्छ। त्यसैले सरकारले जारी गरेको निषेधाज्ञा कोरोना संक्रमणको गति ब्रेक गर्न काम गर्छ। अबको २ हप्तापछिसम्म पनि कोरोना संक्रमणको दर घटेन भने अनि बल्ल निषेधाज्ञामा कुनै कमजोरी छ कि भन्ने हुन्छ।
कोरोना संक्रमणको चैन ब्रेक त निषेधाज्ञा, लकडाउन जस्ता टुल्सहरुले गर्छन्। तर, यसको रोकथाम तथा नियन्त्रणमा भने हामी प्रत्यक व्यक्तिको हात हुन्छ। हाम्रो अनुसासन हुन्छ। हाम्रो जिम्मेवारी पन हुन्छ। लकडाउन खुलेका केही दिनपछि मैले यसै डिसी नेपालमार्फत भनेको थिएँ अमेरिका झंै उमेर समूह हेरेर बचाउनु पर्ने दिन नेपालमा नआओस् भनेर। हामीले अझै पनि अटेर गर्न थाल्यौं भने त्यो दिन धेरै टाढा छैन।
यस्तो दिनको परिकल्पना किन हुन्छ भन्नुहोला। मैले फेरि सानो उदाहरण दिन्छु। अहिले कुनै एउटा डाक्टरले दिनमा ५० जना विरामीलाई हेर्न सक्छ भने एकै पटक ५०० विमारी आए भने उसले कसरी हेर्ने। जस्तो सुकै विकसित देश भने पनि विरामी हेर्ने त हामी जस्तै मान्छे डाक्टरले हो।
एकैदिनमा ५०० विमारी आउँदा रातभरमै तालिम दिन सकिने पेसा पनि हैन डाक्टर भनेको। अव यस्तो अवस्थामा हामीले उमेर समूह हेर्ने बाहेक अरु कुनै पनि विकल्प हुँदैन। फेरि पनि विनम्र निवेदन नै गर्छु मैले नेपालीले सम्यमता गुमायौं भने उमेर समूह हेरेर उपचार गर्नु पर्ने दिन धेरै टाढा छैन।
म घरबाट निस्किन्न। बाध्यताले निस्के भने भिडभएको ठाउँमा जान्न। कसैलाई भेटदिन। भेट्नै परे पनि मास्को प्रयोग गर्छु र गराउँछु। साबुन पानीले बेलाबेलामा हात धुन्छु। सेनिटाइजर लगाउँछु। यी चिजलाई हामीले मन्त्र बनाएर उच्चाहरण नै गर्नु पर्छ।
भगवान प्रसन्न गराउन मन्त्र उच्चाहरण गरे जस्तै कोरोनाबाट मुक्त हुन पनि यस्तो मन्त्रको आवश्यकता छ। हामीले यो कुरालाई अझै पनि खेलाची गर्यौं भने इटली र अमेरिकामा कोरोनाको प्रभावका दर्दनाक दृष्य देखेका थियौं। हामी अझै सचेत भएनौं भने भोग्ने छौं। यस्तो दिन किन निम्त्याउनु। त्यो भन्दा बेलैमा सचेत बनौं। जिम्मेवार बनौं। आफूपनि कोरोनाबाट बचौं र अरुलाई पनि बचाऔं।
डा. पुनसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित
Facebook Comment