हत्यारा नै झाेलामा टाउकाे राखेर आत्मसमर्पणका लागि प्रहरी कार्यालय पुगेपछि…
काठमाडौं । हत्यारा नै प्रहरी कार्यालयमा आएर आत्मसर्मपण गर्ने क्रम निकै कम हुन्छ । तर धादिङमा हत्यापछि टाउको झोलामा लिएर गए राती नै जिल्ला प्रहरी कार्यालयमा पुगेका एक व्यक्तिलाई देखेर प्रहरी चकित परेको थियो ।
गएराती १ बजेतिर प्रहरी कार्यालयमा हत्यारा खुकुरी बोकेर जिल्ला प्रहरी कार्यालय आईपुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए । डिउटी खटिरहेका प्रहरीले आत्मसर्मण गर्न आएका राजु परियारलाई लिएर एसपीलाई जानकारी गराइएका थिए ।
‘उसले आफ्नै घर अगाडि एक जना बृद्धको हत्या गरेको रहेछ, त्यसपछि ऊ आत्मसर्मपण गर्न भनेर प्रहरी कार्यालय आयो’, एसपी रेग्मीले बताए । उनका अनुसार २३ बर्षीय परियारले ६४ बर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् । नीलकण्ठ नगरपालिका १३ का २३ वर्षीय राजु परियारको घर अगाडि आएर गुरुङले होहल्ला गरेपछि विवाद भएको थियो ।
यति राति कहाँ हिँडेको भन्दै राजुले सोधको र सोमबहादुरले जिस्केर ‘तेरो श्रीमतीलाई राती भेट्नु पर्ने भएकाले भेट्न आएको’ भनेपछि उनीहरुबीच विवाद शुरु भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि राजुले घरबाट खुकुरी ल्याएर सोमबहादुरको हत्या गरेको बयान दिएका छन् ।
उनले प्रहरीमा आफ्नो श्रीमती ताकेकाले विवाद बढेको र हत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको बयान दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । परियारलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको एसपी रेग्मीले बताए ।
Facebook Comment