कोरोनाका कारण परिवारका ७ सदस्य गुमाइसकेका युवा भन्छन् – ‘अब केको डर ?’

डिसी नेपाल
२० भदौ २०७७ ८:२४

काठमाडौं। ज्याकब सेरेनोले कोरोनाभाइरसका कारण आफ्नो परिवारका ७ सदस्य गुमाइसकेका छन् । केवल २३ वर्षको उमेरमा ज्याकबले त्यो कहालीलाग्दो समय देखे जुन जीवनकै सबैभन्दा पीडादायी समय थियो । डेलीमेलका अनुसार उनी अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनको ह्युमन ट्रायलमा सहभागी भएका छन् । ज्याकब यस्ता पहिलो अमेरिकी नागरिक हुन् जसलाई भ्याक्सिनको फाइनल स्टेजको टेस्टिङको पहिलो डोज दिइएको छ ।

तेस्रो र अन्तिम चरणको ट्रायलमा ज्याकबसहित अन्य ३१ जना स्वयंसेवक पनि सहभागी छन् । ट्रायल अमेरिकाको फ्लोरियामा सुरु भएको छ । ज्याकब भन्छन् ‘मैले धेरै थोक गुमाएको छु । म मानिसहरुको जीवन खोस्ने कोरोनालाई रोक्ने काममा सहयोग गर्न चाहन्छु । त्यसैले ट्रायलमा सहभागी भएको हुँ । केवल अमेरिकामा मात्र १ लाख ८३ हजारभन्दा धेरैको मृत्यु कोरोनाको कारण भयो । म चाहन्न कि यो सधैं हामीबीचमा रहोस् । मलाई थाहा छ भ्याक्सिनको ट्रायलमा जोखिम थियो । म खतराको एक खुड्किलो अझै नजिक थिएँ तर मलाई डर छैन कि के हुन्छ ।’

अमेरिकामा ट्रायल फ्लोरिडाको हेडल्याण्ड्स जेम रिसर्च इन्स्टिच्युटमा चलिरहेको छ । यहाँ ज्याकबसँगै जुन अन्य स्वयंसेवकहरुलाई भ्याक्सिनको डोज दिइयो उनीहरुलाई ट्रयाक गरिँदैछ । आगामी केही हप्तासम्म उनीहरुमा भाइरसमाथि देखिने इम्युन रेस्पोन्स जाँच गरिनेछ ।
ट्रायल कार्यक्रमको रेखदेख गर्ने डा. लेरी बुशका अनुसार पछिल्लो ट्रायलमा भ्याक्सिन प्रभावकारी प्रमाणित भएको छ । स्वयंसेवकमा इम्युन रेस्पोन्स निकै राम्रो देखिएको थियो । पहिलो र दोस्रो चरणको ट्रायलमा स्वयंसेवकहरुमा न्युट्रिलाइजिङ एन्टिबडी बनेका थिए । संक्रमित कोशिकाहरुमा टि सेल्सको रेस्पोन्स राम्रो देखियो । यस्तो हुनु उपचारको लागि राम्रो स्थिति हो ।

अमेरिकामा अक्सफोर्ड विश्वविद्यालय र फार्मा कम्यनी उस्ट्राजेनेकाले मिलेर भ्याक्सिन एजेडडी १२२२ को ट्रायल गरिरहेका छन् । तेस्रो चरण विश्वभरमा ५० हजार स्वयंसेवकमा गरिँदैछ । यीमध्ये ३० हजार अमेरिकी हुनेछन् । ट्रायलको सुरुवात भइसकेको छ । यो भ्याक्सिनको ट्रायल बेलायत, ब्राजिल, दक्षिण अफ्रिकामा पनि भइसकेको छ ।

अक्सफोर्ड विश्वविद्यालयको टिमकी प्रमुख प्रोफेसर सारा गिल्बर्टका अनुसार भ्याक्सिनको तेस्रो चरणको ह्युमन ट्रायलको सुरुवाती रिपोर्ट छिटै नियामक निकायमा पेश गरिनेछ । भ्याक्सिनको सहयोगले इम्युन सिस्टम यति प्रशिक्षित हुनेछ कि यसले भाइरसको पहिचान गर्न सक्नेछ र उसमाथि आक्रमण गर्न सक्नेछ । यसको ट्रायल छिमेकी देश भारतमा पनि भइरहेको छ । भारतमा यो भ्याक्सिन उत्पादन गर्ने जिम्मेवारी पाएको सीरम इन्स्टिच्युटका अनुसार यो वर्षको अन्तिमसम्म यो भ्याक्सिन उपलब्ध हुन सक्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *