चीनबाट काठमाडौं आउने रेलमार्गको अर्को फड्को, चीनतर्फको सर्वेक्षण पूरा
काठमाडौं। चीनबाट काठमाडौंसम्म जोड्ने रेलमार्गको अर्को एक चरण पूरा भएको छ । चिनियाँ विज्ञहरुले यो रेलमार्गको चीनतर्फको सर्वेक्षण पूरा गरेका छन् । चीनले करिब डेढ महिनाअघि यो रेलमार्गको सर्वेक्षण सुरु गरेको थियो । ल्हासा र काठमाडौं जोड्ने रेल परियोजनाको काम पछिल्लो समय तीब्र गतिमा भइरहेको छ । यो रेलवे ल्हासा–काठमाडौंसँगै लुम्बिनीसम्म पुग्नेछ ।
Good progress! Site visit and survey on Chinese section of #China #Nepal railway completed. Move to next stage! ????? pic.twitter.com/8Ag84Fm5Hu
— Shen Shiwei沈诗伟 (@shen_shiwei) September 4, 2020
चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)का पत्रकार शेल शिवेइले सर्वेक्षण पूरा भएको ट्जीटमार्फत जानकारी दिएका हुन् । उनको ट्वीटलाई प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले रिट्वीट गरेका छन । यसअघि पनि शिजेइले चिनियाँ विशेषज्ञहरुले रेलवेको सर्वेक्षण गर्दै गरेका केही तस्वीरहरु ट्वीट गरेका थिए ।
यो परियोजना ३० करोड डलरको भएको बताइएको छ । रेलवेको योजना सन् २००८ मा बनेको थियो तर त्यसपछिका वर्षहरुमा खासै प्रगति भएको थिएन । अहिले चीनले यो परियोजनामा काम तीब्र बनाएको हो । चीनले २००८ मा यो परियोजना सुरु गर्दा पहिले ल्हासा र शिगात्सेलाई जोड्ने, त्यसपछि नेपालको सीमा नजिकै केरुङसम्म ल्याउने, तेस्रो चरणमा काठमाडौं जोड्ने र चौथो चरणमा लुम्बिनीलाई जोड्ने योजना बनाइएको थियो ।
Facebook Comment