विदुर नगरपालिकाका ५२ जना युवाहरु नेकपा प्रवेश

डिसी नेपाल
२० भदौ २०७७ १९:३३

नुवाकोट । नुवाकोट विदुर नगरपालिकाका ५२ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

विदुर नगरपालिका वडा नम्बर २ का दुई जना, वडा नम्बर ८ का २६ जना, वडा नम्बर ९ का ६ जना र वडा नम्बर १३ का १८ गरी ५२ जना सदस्य नेपाली काँग्रेस तथा स्वतन्त्र पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको नेकपा नुवाकोटले जनाएको छ ।

शनिबार नेकपा नुवाकोटको कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेकपा प्रवेश गराइएको हो । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटका अध्यक्ष एवम् सांसद हीरानाथ खतिवडा र सासंद नारायणप्रसाद खतिवडाले उनीहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *