कोरोनाभाइरस लकडाउनपछि पहिलोपटक विद्यालय खुलेर महिनौँ पछि भेट हुँदा मार्डेन ब्रीज मिडल स्कूलका दुई विद्यार्थी एक आपसमा अङ्कमाल गर्दै
डिसी नेपाल
२१ भदौ २०७७ २२:३९
यो हप्ता संसारभर लिइएका प्रभावशाली समाचार तस्बिरका केही सङ्कलन
जलवायु परिवर्तनले ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान लिन्छ भन्ने सन्देश प्रवाहित गर्न लण्डनमा प्रदर्शन गर्दै अभियानकर्ताहरू
कोरोनाभाइरस लकडाउनपछि पहिलोपटक विद्यालय खुलेर महिनौँ पछि भेट हुँदा मार्डेन ब्रीज मिडल स्कूलका दुई विद्यार्थी एक आपसमा अङ्कमाल गर्दै
लेबननको बेइरुतमा विस्फोटनपछि भएको भग्नावशेषमा जीवित मान्छे खोज्दै उद्धारकर्ताहरू, २,७५० टन अमोनियम नाइट्रेट विस्फोट हुँदा शहरको कैयौँ भाग ध्वस्त भएको थियो
नायिका टिल्डा स्विन्टन ७७ औँ भेनिस फिल्म फेस्टिभलमा मास्क लगाएर उपस्थित
‘टुर डी फ्रान्स’ प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई हेर्दै मास्क लगाएकी दर्शक।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चुनाव प्रचार सिलसिलामा वाशिङटनबाट ल्याटरोब, पेन्सिलभेनिया जान एअर फोर्स वान विमान चढ्दै।
दक्षिणी गाजा स्ट्रिपस्थित खान युनिसमा कोरोनाभाइरस महामारीको प्रकोप फैलिएका कारण लगाइएको लकडाउनका बेला त्यहाँ रहेका प्यालेस्टिनी बच्चाहरूलाई मनोरञ्जन दिलाउँदै मुखौटा लगाएका कलाकारहरू
कोलम्बियाको जिपाकिरामा नुन खानीमा बनाइएको भूमिगत गिर्जाघर (साल्ट कथिड्रल)मा निस्सङ्क्रमण गर्दै कामदारहरू। यो लोकप्रिय पर्यटकीय आकर्षण स्थल पुन: खोल्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिएको छ।
Facebook Comment