जर्वजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ

डिसी नेपाल
२२ भदौ २०७७ १५:०८

काठमाडौं। जर्वजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ गरेका छन्। महानगरीय प्रहरी वृत्त गौशलामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंहलाई पक्राउ गरिएको हो।

वनकालीस्थित एक घरमा प्रहरी जवान सिंहले एक युवतीलाई बलात्कार गरेका उजुरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञावालीले प्रहरी जवानलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। एसएसपी ज्ञावालीका अनुसार युवतीको किटानी जाहेरीको आधारमा जवान सिंहलाई नियन्त्रणमा लिइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *