जितिया पर्वले आस्था र प्रेम कायम राखोस् : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गरेका हुन्।
मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउने गर्छन् । आजबाट विधिवतरूपमा शुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ।रासस
प्रतिक्रिया
Facebook Comment