बाबुराम भट्टराईले ट्वीटेहरुलाई जुधाएपछि …

डिसी नेपाल
२५ भदौ २०७७ १४:१२

काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको एउटा ट्वीटका कारण अहिले सामाजिक संजालमा ट्वीटेहरुबीच जुहारी चलेको छ । ट्वीटर प्रयोगकर्ताहरुबीच भगवान गौतम बुद्धलाई अन्तर्राष्ट्रिय व्यक्तित्व भन्ने कि नभन्ने विषयमा चर्को बहस चलिरहेको छ । केहीले त यस विषयमा भट्टराईकै खोइरो खनेका छन् । केहीले भने बुद्ध अन्तर्राष्ट्रिय व्यत्तिःत्व नै भएको तर्क गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले बिहीबार बिहान एउटा ट्वीट गरेका थिए – मेरा जीवनका प्रेरक व्यक्तित्व: (क)अन्तर्राष्ट्रिय १. गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान) (ख) राष्ट्रिय: १.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता) ३. पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय) । यो ट्वीट गरेसँगै ट्वीटरमा सक्रिय केही प्रयोगकर्ताले भगवान गौतम बुद्धलाई अन्तर्राष्ट्रिय भनेर विदेशी बनाउन खोजेको भन्दै अपत्ति जनाएका छन् । केहीले भने गौतम बुद्धका अनुयायी धेरै देशमा फैलिएका हुनाले उनलाई अन्तराष्ट्रिय व्यक्तित्व नै भन्नुपर्ने तर्क गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *