एसीड प्रहार गर्नेविरुद्ध कडा कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
२५ भदौ २०७७ १४:४०

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पीडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्।

यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। उनले अपराधीकाे सम्पत्ती राेक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपाेषण गर्ने, पीडितलाई छिटाे अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताए।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेेकामध्ये १२ जना पीडितहरू सहभागी बिहीबारकाे विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारकाे प्रबन्ध मिलाउने, पीडितहरूकाे सम्पूर्ण खर्च सरकारले बेहाेर्ने र नियमित प्रयाेग गर्नुपर्ने औषधिकाे खर्च समेत सरकारले गर्ने घाेषणा गरेका छन्।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनकाे प्रबन्ध सरकारले गर्ने उनले बताए। साथै, उचित तालीम, राेजगारी, व्यवसाय र जिविकाकाे प्रबन्ध सरकारले मिलाउने समेत उनले कार्यक्रममा जानकारी गराएका थिए। प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्राेत्साहित गरिने बताए।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दकाे जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन्। सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्ताे पीडा कसैले भाेग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई अाश्वस्त गर्नुभएकाे छ । नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेकाे बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *