बढ्यो आत्महत्या दर, शिक्षित व्यक्तिले नै गर्छन् आत्महत्या

डिसी नेपाल
२५ भदौ २०७७ १८:२८

काठमाडौं। कोरोना महामारीका कारण नेपालमा आत्महत्या गर्ने दर बढेको छ। विशेषज्ञहरुले नेपालमा यसअघि प्रतिदिन १६ जनासम्मले आत्महतया गर्ने गरेकामा पछिल्ला दिनहरुमा यो दर बढेर प्रतिदिन २० जना पुगेको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेलले नेपालमा हाल प्रतिदिन २० जनासम्मले आत्महत्या गरेको पाइएको बताए। उनका अनुसार नेपालमा हरेक वर्ष ६ हजार मानिसले आत्महत्ष गर्दै आएका छन्।

डा. पोखरेलका अनुसार आत्महत्या गर्ने मध्ये ८५ प्रतिशत मानसिक रोगी रहेको बताए। उनले डिप्रेशनबाट १५ प्रतिशत र पागलपनबाट करिब १० प्रतिशतले आत्महत्या रोज्ने गरेको जानकारी दिए।

डा. पोखरेलले नेपालमा शिक्षित व्यक्तिहरुले नै अधिक आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए। उनले २५ देखि ४० वर्ष उमेर समुहमा यो संख्या धेरै रहेको र त्यसमा पनि एकल महिला बढी भएको बताए।

डा. पोखरेलले आत्महत्या गर्ने मानिसहरुले पहिला नै केही लक्षण देखाउने भन्दै त्यस्ता लक्षण बेलैमा पहिचान गर्न सकिए उनीहरुलाई बचाउन सकिने बताए। उनका अनुसार आत्महत्याको सोँच आउने, मर्ने कुरा गर्ने, मर्ने तरिकाकाबारे सोच्ने, कतिपयले नकरात्मक लेख पनि लेख्ने गर्छन्। र कतिपय उपचार गर्न नचाहने पनि हुन्छन् हुने उनले बताए। यस्ता लक्षण भएकाहरुको समयमै पहिचान हुन सक्यो भने उपचार विधीबाट उनीहरुलाई बचाउन सकिने उनले बताए।

उनका अनुसार यस्त लक्षण देखिने मध्ये ८० प्रतिशतको उपचार सम्भव छ। साइको थेरापी (काउन्सिलिंग) र केमो थेरापी (औषधि प्रयोग) दुबै विधीबाट उपचार गराएमा राम्रो नतिजा आउने उनले बताए।

डा. पोखरेलले नियमित व्यायम, मेडिटेशन र विशेषज्ञको सहयोग लिए डिप्रेशनबाट मुक्त हुन सकिने बताए। उनले डिप्रेशनमा परेकाहरुको कुरा सुन्नुपर्ने बताए। उनले त्यस्ता मानिसहरुलाई घर परिवार र साथीभाईले बचाउन सक्ने बताए।

डा. पोखरेलले कोरोना महामारीका कारण हाल मानिसहरु घर भित्रै बस्नुपरेकाले केही मानसिक समस्यासमेत देखिएको बताए। उनले डर सबैलाई लाग्ने भन्दै डरलाई कन्ट्रोल गर्न सक्नु पर्ने बताए। र अलि बढि नै डर लाग्ने भए उपचारमा जानुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *