भक्तपुर घटनाः ऋणको बोझ र कलह हुन सक्ने प्रहरीको आशङ्का

डिसी नेपाल
२७ भदौ २०७७ १४:००

काठमाडौं । शुक्रबार साँझ काठमाडौं उपत्याभित्रको एउटा सानो शहर भक्तपुरको मध्यपुर ठिमी–९ निकोसेरोको एक घरमा भेटिएको तीन लाशले सुरक्षा निकायको ध्यान एकत्रित ग¥यो। भक्तपुर प्रहरी, मध्यपुर ठिमी प्रहरी र अपराध महाशखाको टोली एकै पटक सो घट्नाका अनुसन्धान तर्फ लागे।

निकोसेरास्थित सुदीप अधिकारी श्रीमती सम्झना अधिकारी र छोरा सुशान्त अधिकारीको शव एकै घरमा सड्न लागेको अवस्थामा फेला परेको थियो। साथै घरमा पालेको एउटा कुकुर पनि मृत फेला पर्यो। सो घट्नाको बारेमा खबर गर्ने सुदीपका भाई सुनिल अधिकारी थिए। उनी सशस्त्र प्रहरीको कर्मचारी समेत भएकाले शुक्रबार दाजु भाउजुकोमा खाना खाने गरी मासु लिएर जाँदा कल्पना नगरेको दृष्य देखेपछि प्रहरीलाई खबर गरेका हुन्।

घट्नास्थलमा तीन जनाको शव देखेपछि भक्तपुर जिल्ला प्रहरी कार्यालयकी प्रमुख तारादेवी थापा आफै पुगेकी थिइन । महानगरीय प्रहरी अपराध महशाखाबाट पनि अनुसन्धान टोली खटिएको थियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार अहिलेसम्म बाहिरको कोही पनि मान्छे शंकाष्पद देखिएको छैन । सिंगो परिवार नै सखाप भएको घटनाको स्पष्ट कारण खुल्न बाँकी नै रहेको छ। यद्यपि प्रहरीले आन्तरिक कलह र ऋणको बोझले यस्तो अपराध निम्त्याएको आशंका गरिएको छ।

‘सुदीपले घर बनाउदाको ऋण, पसलमा सामान थप्ने नाममा लिएको ऋण र पारिवारिक कहले नै यो अपराध नित्याइएको हो भन्ने हाम्रो आशंका छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने उनका अनुसार अहिलेसम्म घरभित्रै भएको घट्ना र चोटपटक तथा सुदीप मुखमा विष जस्तो पदार्थको गन्ध आएका कारण हत्या र त्यसपछि आत्महत्या हो भन्न कठिन छैन तर पनि स्पष्ट कारण अझै खुलेको छैन।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार भान्साको चक्कु र दाउ छोरा सुशान्तको कोठाबाट प्रहरीले बरामद गरेको छ । सुदीप मृत अवस्थामा लडेको छेउमा विषादीको बट्टा किचनमा फेला परेको छ। प्रहरीका अनुसार आमा छोराको शव सडेर गन्हाइरहेको अवस्थामा थियो। प्रहरीले उनीहरुको शव पोष्ट मार्टमका लागि पठाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अहिले नै कारण खुलिनसकेको बताए।

‘पोष्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान हुन्छ त्यही कुरीरहेका छौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने । उनका अनुसार प्रारम्भिक रिपोर्ट र छिमेकीहरुसँगको सोधपुछका कारण पारिवारिक कलह जस्तो देखिएका पनि अरु केही कारण पनि हुनसक्ने र त्यसतर्फ प्रहरीको ध्यान आकृष्ट भैरहेको बताए। आमा, छोरा र कुकुरको शव कुहिएको र सुदीपको शव नकुहिएको हुनाले उनीहरुको हत्या गरेर केही दिनपछि सुदीपले विष खाएर आत्महत्या गरेको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार आमा–छोरा पल्टिएको ठाउँमा रगत लतपतिएको छ । आमा–छोराको टाउकोमा चोट लागेको छ । त्यस्तै सुदीपको हातमा विष लागेको देखिन्छ।

कुकुरले पानी खाने भाँडामा झिंगा र किरा मरेको अवस्थामा सामानहरु फेला परेका थिए । सुदीप भक्तपुरस्थित एक औषधी कम्पनीमा काम गर्थे । धेरै मदिरा सेवन गर्ने बानीका कारण औषधी कम्पनीबाट काम छाडेका थिए। त्यही क्रममा उनले निकोसेरामै सटरमा किराना पसल खोलेका थिए। केही दिनदेखि उनले पसल खोलेका थिएनन। पसलमा बस्दा पनि श्रीमान र श्रीमतीबीच झगडा हुने गरेको छिमेकीहरुले प्रहरीलाई जानकारी गराएका छन्। उनले घर बनाएको र पसल खोलेको ऋणकै कारण पारिवारिक झगडा बढेको प्रहरीको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *