आइतबार अमेरिकी डलरको मूल्य ११७ रुपैयाँ ३६ पैसामा कायम, के छ अन्य देशको हेर्नुहोस् (सूचिसहित)

डिसी नेपाल
२८ भदौ २०७७ ९:२८

काठमाडौं । आइतबार अमेरिकी डलर १ को खरिदर ११७ रुपैँया ३६ पैसा कायम भएको छ। गत बुधबारसम्म उकालो यात्रामा रहेको अमेरिकी डलरको मूल्य शुक्रबारसम्म पुग्दा ११७ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो। शनिबार ११७ रुपैयाँ ३६ पैसामा उक्लिएपछि आइतबार सोही स्थान कायम गरेको छ। ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आइतबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा, विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७८ पैसा विक्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ।

यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५२ रुपैयाँ २९ पैसा, विक्रिदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २२ पैसा, विक्रिदर ८५ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा, ३१ रुपैयाँ ४२ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ।
यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ २५ पैसा, विक्रीदर ३८५ रुपैयाँ २१ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १५ पैसा विक्रिदर २८ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *