काठामाडौंको फोहोर संकलन हुने टेकुको अवस्था के छ?
काठमाडौं। काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशन अहिले फोहोर शुन्य भएको छ।
‘बर्षायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका बेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो।’, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘बिगत बर्षमा बर्षामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरिएको थियो। यस बर्ष हामीले फोहोर लैजान कसैलाई तेल दिएका छैनौं। कुनै गाडी भाडामा लिएका छैनौं।’
उनका अनुसार यस बर्ष ल्याण्डफिल साइट र ट्रान्सफर स्टेशनमा प्रयोग गर्न कुनै डोजर पनि भाडामा लिइएको छैन। यसबाट महानगरको करीब १२ लाख रुपैयाँ बचत भइसकेको छ।
‘सिसडोलमा फोहोर बोकेर जाने ठूला सवारी, जेसीभी, लोडर समयमा नै मर्मत ग¥यौं। ल्याण्डफिल साइटमा प्रयोग गर्न खरिद गरिएको डोजर समयमा नै आइपुग्यो।’, प्रगतिका बिषयमा जानकारी दिँदै फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर निर्मलराज बराल भन्छन्, ‘विगत बर्षहरुमा हामी सडक हेर्दैनथ्यौं। यस बर्ष सडकको अवस्था हामी आफैंले हे¥यौं। सडकमा भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि थप भत्किन पाएन। यसकारण पनि बर्षामा साइटमा पुग्न सजिलो भयो।’
कोभिडका कारण उपत्यकामा फोहोर उत्पादन घटेर व्यवस्थापकीय खर्च घटेको र ट्रान्सफर स्टेशनमा फोहोर शुन्य भएको त होइन? प्रश्नको उत्तरमा महाशाखा प्रमुख बराल थप्दै भन्छन्, ‘कोभिडले फोहोरको परिमाण घटेको छैन। अहिले पनि दैनिक औसतमा १२० देखि १३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पु¥याइरहेका छन्।’
यसअघि गएको बर्ष कार्तिक ३ स्टेशनलाई शून्य बनाएर अवस्थालाई कायम राख्ने योजनाअनुरुप काम भइरहेको थियो। बिचमा सवारी साधन, ल्याण्डफिल साइट र त्यहाँ पुग्ने सडकका कारण केही फोहोर स्टेशनमा रहने सकिने हुँदै आएकोमा भदौ २६ गते स्टेशन शून्य फोहोर भयो। आइतबार पनि स्टेशनमा फोहोर शुन्य नै छ।
त्योभन्दा पनि अघिल्लो समय हेर्दा २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाइएको थियो।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ।
Facebook Comment