कुलमानको कार्यकाल सकियो
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिएको छ। २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो।
घिसिंगको कार्यकाल सकिने दिनसम्म पनि सरकारले नयाँ कार्यकारी निर्देशक भने नियुक्त गरेको छैन। घिसिङलाई नै पुनःनियुक्ति गर्नुपर्ने आवाज उठेपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिमा ढिलाई भएको हो। पछिल्लो एक हप्ता मन्त्रिपरिषद्को बैठकसमेत नबसेकाले कार्यकारी निर्देशकबारे कुनै निर्णय भएको छैन।
सरकार घिसिङलाई नै पुनर्नियुक्ति गर्ने सोँचमा रहेको भन्ने अपुष्ट खबरहरु भने ऊर्जामन्त्री बर्षमान पुन निकटहरुबाट बाहिरिने गरेको छ। तर पनि हालसम्म सो विषयमा प्रस्ताव मन्त्रिपरिषदमा भने गएको छैन।
मुलुकले दैनिक १८ घण्टा लामो लोडसेडिङमा मार खेपिरहेका बेला कार्यकारी निर्देशक बनेका घिसिङ प्राधिकरणको सबैभन्दा सफल कार्यकारी निर्देशक मानिन्छन्। लोडसेडिङ अन्त्य भएपछि उनको लोकप्रियता चुलिएको छ। घाटामा गएको प्राधिकरणलाई नाफमा पुर्याएका छन्।
Facebook Comment