छोरीमाया स्मृति प्रतिष्ठानद्वारा राहत वितरण
ललितपुर। देशमा कोभिड–१९ को कारण लामो निषेधाज्ञाको समयमा समस्यामा परेका परिवारहरूलाई छोरी मैया श्रेष्ठ स्मृति प्रतिष्ठानले सक्षम महिला समुह भंसेपाटी संयोजक प्रज्ञा सिंह राणा र अमेरिका निवासी डाक्टर सरोज श्रेष्ठको आर्थिक सहयोगमा राहत वितरण गरेको छ।
प्रतिष्ठानले विभिन्न जिल्लाबाट आइ ललितपुरको महालक्ष्मी स्थान र नख्खुडोल वरिपरि बस्दै आएका निषेधाज्ञा शुरु भएपछि हातमुख जोड्न समस्यामा परेका र सडकमा बस्दै आएका ५५ विपन्न परिवारलाई राहत स्वरुप दाल, चामललगायतका अत्यावश्यक सामानहरु वितरण गरेको प्रतिष्ठानका सचिव सुजाता श्रेष्ठले जानकारी दिइन्।
प्रतिष्ठानका सचिव सुजाता श्रेष्ठले लकडाउन वा निषेधाज्ञाले नागरिकलाई खाद्यान्न अभाव,, भोकमरी जस्ता विभिन्न आर्थिक र मानसिक समस्याले निम्त्याउने परिणाम खतरनाक हुने भन्दै, त्यसको विकल्प खोज्न आग्रह गरिन् ।
Facebook Comment