राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि थुनामा

डिसी नेपाल
२९ भदौ २०७७ १९:५२

काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियोसहितको एक गीत युट्युबमार्फत सार्वजनिक भएपछि पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत, काठमाडौंले गायक ग्लाल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ परेका अन्यलाई ३ जनालाई अदालतले १५ हजार रुपैयाँ धरौटीमा छोड्द आादेश दिएको छ। अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश दिइएको छ।

राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले यही भदौ ३ गते ९ जनालाई पक्राउ गरेको थियो। राष्ट्रिय झण्डा जलाउनेमाथि ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने कानूनी व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *