उपत्यकामा थपिए ६७६ संक्रमित, ४ जनाको मृत्यु

डिसी नेपाल
३० भदौ २०७७ १६:३४

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२२ महिला र ४५४ पुरुष गरी थप ६७६ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ५५५ (१६९ महिला, ३८६ पुरुष), भक्तपुरमा ८६ (३७ महिला, ४९ पुरुष), ललितपुरमा ३५ (१६ महिला, १९ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ८६ वर्षिया महिला र ३४, ९६, ६६ वर्षिय तीन पुरुष रहेका छन्।

आज देशभर एक हजार ४५९ जनामा कोरोना संक्रमण देखिएको छ।

हेर्नुहोस आजको कोभिड–१९ राष्ट्रिय अध्यावधिक प्रतिवेदन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *