प्रधानमन्त्री ओलीद्वारा मोदीलाई शुभकामना, सुगालाई बधाइ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले योशिहिदे सुगालाई जापानको प्रधानमन्त्रीमा निर्वाचित भएको अवसरमा बधाइ दिएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार ट्वीटमार्फत बधाइ दिएका हुन्।
जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख सुगा बुधबार जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यसैबीच प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना दिएका छन्। सामाजिक संजाल ट्वीटरमार्फत ओलीले मोदीलाई जन्म दिनको शुभकामना दिएका हुन्।
मोदीको जन्म १९५०मा भएको थियो। उनी गुजरातको वडनगरमा एक गरिव परिवारमा भएको थियो। मोदीका बुवा दामोदरसाद मोदी रेल्वेस्टेशनमा चिया बेच्ने काम गर्थे। मोदीको बाल्यकाल पनि बुवालाई सहयोग गर्दै बितेको थियो।
Heartiest congratulations to Your Excellency Yoshihide Suga @sugawitter on your appointment as the Prime Minister of Japan.
Look forward to working closely to deepen and widen friendly ties and partnership between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020
आठ वर्षको उमेरमा मोदी राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) मा आवद्ध भएका थिए। १९७१ मा आरएसएसको पूर्णकालीन सदस्य बनेपछि उनको राजनीतिक शिक्षा दिक्षा सुरु भएको थियो। २००१ मा मोदी गुजरातको मुख्यमन्त्री बनेका थिए। गुजरात दंगालाई लिएर मोदीको निकै आलोचना भयो।
तर गुजरातको विकास मोडललाई आधार बनाएर केन्द्र राजनीतिमा आए र २०१४ मा प्रधानमन्त्रीको प्रत्यासीका रुपमा पहिलो पटक गैर कांग्रेस पार्टी अर्थात भाजपाको पूर्ण बहुमत रहेको सरकार बनाए। २०१९ मा पहिला भन्दा पूर्ण बहुमत ल्याएर मोदी दोस्रो कार्यकालको सरकार संचालन गरिहेका छन्।
Facebook Comment