आगलागीबाट घर जलेर नष्ट
बागलुङ । जिल्लाको बरेङमा आगलागी हुँदा एक घर जलेको छ। आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ।
घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए। स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए। रासस
प्रतिक्रिया
Facebook Comment