कुलमान घिसिङद्वारा डिसी नेपालको अंग्रेजी संस्करणको शुभारम्भ
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले डिसी नेपालको अंग्रेजी संस्करण english.dcnepal.com को शुभारम्भ गरेका छन्। बिहीबार विशेष भर्चुअल समारोहबीच घिसिङले डिसी नेपालको अंग्रजी संस्करणको शुभारम्भ गरेका हुन्।
सो अवसरमा घिसिङले देश विदेशमा रहेका नेपाली पाठकमाझ डिसी नेपालको अंग्रेजी संस्करणले ताजा सूचना सम्प्रेशण गर्ने विश्वास व्यक्त गरे। ‘न्यूज पोर्टलको बीचमा डिसी नेपालको नयाँ अंग्रेसी संस्करणले नयाँ र ताजा सूचना सम्प्रेषण गर्ने विश्वास लिएको छु,’ घिसिङले भने, ‘समाजिक संजालको बढ्दो प्रयोगकाबीचसत्य, तथ्य सूचना सम्प्रेशण गर्नु चुनौतीपूर्ण छ। यो चुनौतीलाई डिसी नेपालको अंग्रेजी संस्करणले सामना गर्ने विश्वास लिएको छु।’
कार्यक्रममा डिसी नेपालका प्रमुख कार्यकारी निर्देशक उमेश शर्माले विगत १३ वर्षदेखि नेपाली माध्यमबाट सूचना सम्प्रेषण गर्दै आएको डिसी नेपालले अब पाठकको भावना अनुरुप अंग्रेजी संस्करण सुरु गरेको बताए। ‘देश विदेशमा छरिएर रहेका नेपाली समुदायलाई लक्षित गर्दै अंग्रेजी संस्करण सुरु गर्न पाउँदा हामीलाई खुशी लागेको छ,’ शर्माले भने, ‘सही र तथ्य परक सूचना सम्प्रेषण गर्ने दायित्वलाई डिसी नेपाल परिवारले जिम्मेवारी पूर्वक निर्वाह गर्ने विश्वास लिएको छु।’
सो अवसरमा डिसी नेपालका ग्लोबल एडिटर चूडामणि भट्टराईले विगत १३ वर्षदेखि पाठकमाझ जोडिँदै आएको डिसी नेपालले नेपाललगायत प्रवासी नेपाली रहेका ठाउँ लक्षित गर्दै विभिन्न विश्वसनीय सूचना दिने काम गरिरहेको बताए।
‘डिसी नेपालले विगतदेखि नै सत्य र सही सूचना दिने निरन्तर प्रयास गरिरहेको छ। अझै पनि डिसी नेपालले नेपाल लगायत प्रवासी नेपाली रहेको ठाउँमा व्यापाक पहुँच बनाएर अझै विश्वसनीय जानकारी र सूचना दिन सक्रिय भूमिका निर्वाह गर्नेछ,’ भट्टराईले भने।
डिसी नेपालका सल्लाहकार सम्पादक यशोदा तिम्सिनाले डिसी नेपालको अंग्रेजी संस्करण संतुलित विश्वसनीय र उत्तरदायी समाचार सम्प्रेषण हुने विश्वास व्यक्त गरिन्।
वरिष्ठ विश्लेषक गौरव समशेर थापाले डिसी नेपालले नेपालको राष्ट्रिय हितका लागि बौद्धिक जगतलाई समेट्दै लैजाने बताए।
कार्यक्रममा विभिन्न क्षेत्रमा जीवन व्यतित गरेका प्रभुत्व व्यक्तित्वहरुबाट शुभकामना संदेश सहित भूमण्डलीकरणको भाषामा सूचना र समाचार सम्प्रेसण गर्न समेत आग्रह गरिएको थियो।
Facebook Comment