प्याजमा कालोबजारी गर्ने पसल कारबाहीमा

डिसी नेपाल
१ असोज २०७७ २३:४२

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत सङ्कलन भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी दिए।

बजारमा पछिल्लो समय प्याजको मूूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । बिहीबार मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५÷५५ हजार जरिवाना गरिएको बताए।

यसैगरी काठमाडौँ महानगरपालिका –१३ मा रहेको रञ्जन आलु प्याज भण्डार, महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर रु दुई लाख ५० हजार , न्यू सापकोटा खाद्य तथा तरकारी स्टोलाई रु दुई लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा लिलाई रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *