२ सय ८९ जना कैदीले बाँकी कैद माफी पाउँदै

डिसी नेपाल
२ असोज २०७७ १७:१४

काठमाडौं। संविधान दिवसको अवसरमा सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

गत सोमबारको मन्त्रिपरिषद बैठकको गृहमन्त्रालयले कैद मिनाहको प्रस्ताव गरेको थियो। प्रत्येक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान भएपनि गत वर्ष संविधान दिवसको दिन मात्रै कैद मिनाहको भएको थियो। यसवर्ष पनि संविधान दिवसको अवसर पारेर कारागार नियमावली अनुसार उनीहरुलाई कैद निमाह गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *