डा. केसीको जीवन रक्षा गर्न माग

डिसी नेपाल
२ असोज २०७७ १८:५३

काठमाडौं। भदौ २९ देखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न काँग्रेस नेता गगनकुमार थापाले सरकारसँग माग गरेका छन्। नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डा गोविन्द केसी १९औँ अनसनमा हुनुहुन्छ। हरेक पटक जनदबाबपछि सरकार सहमति त गर्छ तर कार्यान्वयन गर्दैन।सबैले सरकारलाई सुन्ने गरी भनौँ ‘डाकेसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो,उहाँको माग पुरा गर,उहाँको जीवन रक्षा गर।’

डा. केसी गएको सोमबारदेखि जुम्लाको चन्दननाथ–६ रानीचौरस्थित मष्टो देवताका मन्दिर प्रांगणमा आमरण अनशन बसेका छन्। स्थानीय प्रशासनले उनको निगरानी गर्दै आएको थियो।
डा. केसीले ०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने माग पनि राखेका छन्।

यसअघिका सरकारसँग भएका सम्पूर्ण सम्झौताहरू कार्यान्वयन हुनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने माग छन्। यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग उनले राखेका छन्।

डा. केसीले यो पटक आफ्ना माग पूरा नभएर अनशन नतोडिने बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *