व्यंग्य : उस्तै उस्तै हो

डिसी नेपाल
३ असोज २०७७ ७:४४

एकसय चार बर्षे राणा शासनमा जसले श्री तीनको कुर्सीमा आसन जमाउँछ उसले र उसका आफन्तहरुले दर्जा मान सम्मान धन दौलत इज्जत आदि सबैथोक कमाउँछ अनि ख्वामितको जय जय मनाउँदै सबै किसिमको सुख सयल भोग गरेर रमाउँछ भन्ने गरिएको सुनिंँदै आएको छ।

श्री तीनका भाइछोरा, रानीहरु, छोरीज्वाइँहरु, मन परेका भित्रिनीहरु, सुसारेहरु, ससुरालीतर्पmका नातेदारहरु, अलि टाढाका दाजुभाइहरु, मावलीतिरका नातेदारहरु, गुरु पुरोहितहरु, दिदीबहिनी भान्जाभान्जी, मन परेका कारिन्दाहरु, भित्रिरुपमा सेवा पुर्याउने सेवकहरु, चाकरी चाप्लुसी गरेर खुसी पार्न सक्ने खुबी भएका चाकरीदारहरु,चुक्ली लगाएर खुसी पार्ने जासुसहरु, बिभिन्न ठाउँबाट नयाँ नयाँ केटीहरु ल्याएर चढाउनेहरु इत्यादिको निकै ठूलो बोलवाला हुन्थ्यो।

र, यी समूहहरुमा पर्न नसक्ने चाहिँ केही अबसर नपाएर रुन्थ्यो भन्ने सुनिएको हो। यी समुहकालाई सबै खत माफ र अरुहरुको जान अन्जानमा भएको सानो गल्तीमा पनि सबैथोक साफ हुने अबस्था थियो भन्ने पनि सुनिएकै हो।

ब्याइते ल्याइते श्रीमतीहरु, छोराहरु, ज्वाइँहरु, साला जेठानहरु, भाइहरु, सासु ससुराहरु, सम्धिहरु आदि लगायत आफूलाई रिझाएका मान्छेहरुबाटै घेरिने, उनीहरुकै लहैलहैमा बेरिने र उनीहरुको सल्लाह सुझावलाई नै सँधैभरि टेरिने अबस्था भएको हुनाले शासन ब्यबस्थामा उनीहरुको ठूलो महत्व रहेको हुन्थ्यो अनि उनीहरुकै हातले राज्यको मुख्य मुख्य आमदानीलाई छुन्थ्यो। राज्यको ढुकुटी र सबै अधिकार आपूm र आप्mना नजिकका र आसेपासेहरुको तजबिजमा राख्ने अनि औकातअनुसार त्यसको मजा चाख्ने ब्यबस्था मिलाएर राखेका थिए।

राज्यको आमदानी जति सबै आप्mनो निजी सम्पत्ति जसरी राखेर आफन्तहरुलाई गक्षअनुसार बाँडचुँड गरेर खाने र त्यो काम जनताको लागि ठूलो निगाह गरेको रुपमा जाने भइआएको थियो। जनता यसैमा सन्तुष्ट आनन्दित र खुसी छन् भन्ने राणाहरुको सोचाइ थियो। यस्तो शासन ब्यबस्थामा जनताको कुनै अधिकार हैसियत नहुने र यसले राणाबाहेक सामान्य जनतालाई नछुने हुनाले यसलाई एक तन्त्रीय जहानियाँ राणा शासन भनेर सात सालमा फालियो र प्रजातान्त्रिक ब्यबस्था थालियो अनि प्रजातान्त्रिक ब्यबस्थाको अभ्यासतिर कदम चालियो।

राणा शासन ढलेको र प्रजातान्त्रिक शासन ब्यबस्थाको अभ्यास चलेको केही बर्षमै निर्दलीय पञ्चायती शासन ब्यबस्थाको सुरुवात भयो र यसबाट जनताको शासन ब्यबस्थाको सपना फेरि पनि भताभुङ्ग भएर गयो। यसका तीस वर्ष बिभिन्न राजनैतिक दलहरुले संघर्ष, त्याग, बलिदान, आन्दोलन, जेलनेल, सहादत, सशस्त्र क्रान्ति, जनजागरण, संगठन बिस्तार, सत्याग्रह आदि गर्दै र एकपछि अर्को तहमा अघि सर्दै अनेक दुख कष्टसाथ बिताएर प्रजातन्त्र पूनस्र्थापनमार्फत जनताको भलो चिताएर ज्यादै कष्टप्रद ढंगले राजनैतिक कार्यक्रमहरु सञ्चालन गरे अनि जनताको साथ, समर्थन र सहयोगबाट एकदिन अबश्य पनि प्रजातन्त्र प्राप्त गरेरै छाड्ने अठोटसहित सफल भइने कुरामा ढुक्क परे। सबैको अथक प्रयासको कारणले छयालिस सालमा पञ्चायती शासक गल्यो, ब्यबस्था ढल्यो र बहुदलीय प्रजातन्त्र फेरि फल्यो अनि यसमार्फत त जनताको शासन चल्यो।

अब जनताले आफूले चाहेको तरिकाले शासन सञ्चालन गरेर र जनताको लागि हरेक क्षेत्रमा अघि सरेर काम गर्ने बाचा गरेका नेताहरु पाए अनि यसबाट सबै दलका नेताहरु जनहितको लागि अगाडि आए। जनताको खुसीको सिमा रहेन । जनताले जीबनमा आफूले चाहेको सबैथोक पाएको र नेताहरुले भनेअनुसार अबचाहिँ देशमा रामराज्य आएको महसुस गरे।

सबै शासकीय तहमा ठेकेदार र बिचौलियाहरुको रजगज र निर्णायक भुमिका, हरेक तहको निणर्यमा भारी लेनदेन र त्यसको खुलेआम संरक्षण, सरकारी नियुक्तिका पदहरु खुलेआम मोलमोलाईसहित बिक्री आदि आदि भएगरेको देखेर सुनेर र अनुभव गरेर जनताले राणा शासन र अहिलेकोमा खासै फरक भएको कतैबाट हरक नपाउनु नै हाम्रो शासकीय संस्कार र परम्परालाई जोगाउन सक्ने हाम्रो बिशेष खुबी मान्न पर्छ अनि यसैबाट सबैजना सुखी र समृद्ध हुन्छन् भनेर जान्न पर्छ।

जनताको लागि जनताद्वारा जनताले शासन गर्ने ब्यबस्था ल्याउन सकेकोमा र सबै दलका नेताहरुले एकै स्वरमा यही कुरा बकेकोमा जनताको भुइँमा खुट्टा टेकिन र अब कतैबाट पनि जनताको ढाड सेकिन नसक्ने हुनाले जनताको इच्छा आकाँक्षाहरु पूरा हुने काम कतैबाट छेकिन सक्ने सम्भावना देखिन सक्ने कुरै आएन।

हेर्दाहेर्दै जनताको शासन सुरु भयो। संसारकै उत्कृष्ट भनिएको र आजसम्म कहीं कतै बन्न नसकेको मध्येमा पर्ने भनिएको संविधान घोषणा भएर लागु पनि भइहाल्यो अनि जनताको सबै समस्याहरु छुमन्तरमा बिलाएर गइहाल्यो भनिएकोमा नेताहरुको बोली एकातिर, काम अर्कोतिर, ध्यान एकातिर, ब्यबहार अर्कोतिर, बिचार एकातिर, ब्यबहार अर्कोतिर भएको र सबै नेताहरुको कदम लड्खडाउँदै गएको देखेर जनता जिल्ल परे।

जनताको काम चुनावमा भोट हालेर नेतालाई नयाँ कोट लगाएर नोट कमाउने ठाउँमा पुर्याउने र आपूm चाहिँ त्यसको चोट मात्रै बेहार्ने ठेक्का लिएजस्तो अवस्थामा पुग्यो। नेता र दलको छलले कसैको कुनै समस्या हल हुने छाँटछन्द नदेखिएको बेलामा सशस्त्र यूद्धको नाममा जनताले आप्mनो ज्यू ज्यान सम्पत्ति स्वतन्त्रता अधिकार आदि सबै गुमाएर डर र त्रासमा बाँच्न बाध्य हुने र नेता, दल र आफ्नै भाग्यलाई धिक्कार्दै रुने अबस्थामा पुगेपछि सबैले सबैतिर हार्ने अनि यसबाट बिभिन्न स्वार्थी तत्वले मात्रै स्वाद मार्ने र देशको स्तरलाई रसातलमा पुग्ने गरी तल झार्ने अबस्थामा आइपुग्दा जनताको चाहनाअनुसार भनिए पनि बिदेशीद्वारा बिदेशमा बिदेशीको स्वार्थले भरिएको भनेर सबैतिर छरिएको र प्रचार गरिएको बाह्र बुँदेमार्फत प्रजातन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्रमा पुगेपछि अबचाहिँ जनताको असली शासन आउँछ भनेर सुनिएको भाषणको मर्म र धर्म नयाँ सँबिधान घोषणासँगै आयो र जनताले सोच्दै नसोचेको उपलब्धि पायो भनेर सबै दंग परे।

सविधानले सबै जनतालाई सत्ताको केन्द्रमा पुर्यायो र जनताको भाग्यले यस्तो अवसर जुरायो भन्ने सुन्दासुन्दा जनताको कान पाक्यो अनि भन्नेपनि थाक्यो। जुनसुकै तन्त्र आएपनि ल्याएपनि वा ल्याइएपनि नेताहरुले आप्mनो सँस्कार र परम्पराचाहिँ भुलेका र यसलाई छोडेर अन्यत्र डुलेका नदेखिएका हुनाले जनता हर्षित छन्।

आफ्नो संस्कार,परम्परा र संस्कृतिलाई अत्यन्त आदरसाथ निरन्तरता दिने अनि त्यसबाट आनन्द लिने हाम्रो चलनअनुसार राणा शासनको एकतन्त्रीय जहानीयाँ प्रबृत्तिको झझल्को प्रजातन्त्र, पञ्चायत, पूनस्र्थापित बहुदलीय ब्यवस्था, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पनि कायम रहेकोमा खासगरी जनता अत्यन्त खुसी छन्। प्रत्येक शासन व्यवस्थामा राणा शासनकै पदचिन्हलाई महत्व दिँदै र त्यसअनुसार फाइदा लिँदै आउने कार्य क्रमशः बृद्धि हुँदै र यसले शासकहरुको दिल र दिमागलाई राम्रोसित छुँदै आएको अनि हरेक समयमा यो प्रथाले प्राथमिकता पाएको देखेर जनता खुसी भएका हुन्। राणाहरुले पनि जनता जनार्दनको नाममा शासन गर्दै, त्यसबाट आफ्नो भुँडी भर्दै र राष्ट्रिय ढुकुटीमा मनपरिसित चर्दै आएका थिए।

आफैले बनाएको र अक्षरस पालना गर्ने भनेर जनाएको संविधानलाई भन्दा आफू आफन्त र चाटुकारहरुलाई दिइएको महत्वलाई हेर्दा संविधान भनेको त लेख्नको लागि लेखाउने अनि जनतालाई देखाउने दस्ताबेज मात्रै पो रहेछ कि क्या हो भन्ने जनतालाइ लागेको छ।

सातसाल पछिको प्रजातन्त्रमा नेताहरुले शासन चलाउन सिक्दासिक्दैको अवस्थामा पनि आफू, आफन्त र आफ्नो दलको लागि कमाउने मेलो मिलाएर आमदानीको छेलोखेलो गर्ने तरिका निकाल्दा निकाल्दै पञ्चायतले सबैलाई निल्यो र तिस बर्षसम्म देशलाइ चिल्यो।

पञ्चायतमा पनि सरकारमा बसेर सेवा गर्न मौका पाउनेले कसेर ढुकुटी रित्याए। यसमा पनि शासकहरुले राणा शासनको जहानीयाँ प्रबृत्तिलाई निरन्तरता दिएको र आफ्नो संस्कार मानेर फाइदा लिएकोमा सबैले निकै गर्ब गरे।

सत्तामा हालीमुहाली गर्ने मौका पाउने जतिले सबैतिर चर्ने अवसर पाए अनि अघाउन्जेल खाए। आफूले पनि खाए र आफन्तहरुलाई पनि मजाले खुवाए। संविधान एकातिर नियम कानुन एकातिर पञ्चहरुको ध्यानचाहिँ खाने पिलाउने र आफन्तहरुलाई सबै सुख सुविधा दिलाउने अनि बिरोध गर्नेहरुलाई चरम दमन गरेर उनीहरुको मुख सिलाउनेजस्ता कार्यहरुमा जोड दिने गरेकोमा जनताले आनन्द नै माने।

पञ्चायतको यही हेपाहा र पेलाहा प्रबृत्तिले पञ्चायत बिरोधीहरुलाई मलजल र उर्जा दिँदै लगेर तिस बर्षमा आफ्नै कारणले ब्यबस्था बिलायो अनि यसले देशलाइ फेरि बहुदलीय प्रजातान्त्रिक शासन ब्यबस्था दिलायो। निकै उत्साह, आशा र भरोसाका साथ आएको यो व्यवस्थामा पनि राणा शासनको जहानीयाँ र आफन्त प्रेमको सँस्कारलाई निरन्तरता दिँदै त्यसैमा गौरब मान्ने परम्पराको सुरुवात भयो।

आन्दोलनमा त्याग र बलिदानसहित समृद्ध जीवनको आशा राखेर होमिएका जनता नेताहरुमा बिस्तारै हुर्कँदै गएको राणा प्रबृत्ति देखेर देशको संस्कार र परम्परालाई कायम राख्न र सत्ताको स्वाद चाख्न नेताहरुले दर्शाएको कृयाकलापलाई ज्यादै स्वाद मानेर अनि यसलाई उनीहरुको नैसर्गिक अधिकार नै ठानेर हेरेर बसे।

यसै सिलसिलामा उम्रिएको जनयुद्ध नाम दिएर गरिएको धनयुद्धमा त सर्बहारा बर्गको नाममा सर्बमारा बर्गको उदय भएर जनताले असंख्य शहिद, घाइते, अपांग, अंगभंग, बिधुवा, टुहुरा, घरबारबिहिन, बिनागल्ती सफाया, लुटपाट, डकैती, जबरजस्ती सम्पत्ति कब्जा, जंगली न्यायआदि जस्ता नौला अनुभव बटुल्न पाए। यसमा संलग्न सिमित नेताहरु फाटेको चप्पल लगाउने हैसियतबाट एकै दशकमा दरबारजस्ता महलमा बस्ने, करोडभन्दा माथिका गाडी चढ्ने,आफन्त र परिवारका सदस्यलाई सरकारी पद बाँड्ने, देशका सबैजसो श्रोत साधनमा नाजायज कब्जा जमाउने, जे जसरी भएपनि चारैतिरबाट मनग्गे कमाउने र यसैबाट क्रान्ति सफल भयो भनेर रमाउने आदि गरेबाट यो बर्गमा सबैभन्दा चाँडो राणा शासकहरुको छाँटछन्द बिकास हुन सकेकोमा पनि जनता सन्तुष्ट भएका छन्।

जे जसरी भएपनि चारैतिरबाट मनग्गे कमाउने र यसैबाट क्रान्ति सफल भयो भनेर रमाउने आदि गरेबाट यो बर्गमा सबैभन्दा चाँडो राणा शासकहरुको छाँटछन्द बिकास हुन सकेकोमा पनि जनता सन्तुष्ट भएका छन्।

यसपछि क्रमिकरुपमा बिकसित हुँदै गएको लोकतन्त्र र गणतन्त्रमा पनि नेताहरुले कमाइधमाइ र त्यसबाट रमाइको मामलामा राणा शासकहरुलाई माथ गर्ने काममा टुलुटुलु हेरेर साथ दिन पाएकोमा जनताको गाथ प्रफुल्लित भएको छ। नयाँ सँबिधान लागु भएर चुनावमार्पmत गठन भएको झण्डै दुई तिहाइको सरकारको पालामा राणा शासनको सबैभन्दा बढी अनुभव गर्न पाएजस्तो लागेर सरकारले मौलिक परम्परालाई जगेर्ना गर्ने कार्यमा प्रशस्त योगदान पुर्याउन चालेको कदम र थालेका कामहरुबाट सबै पक्ष, तह र तप्काका जनता हर्षले गद्गद् छन्।

आफैंले बनाएको र अक्षरस पालना गर्ने भनेर जनाएको सँबिधानलाई भन्दा आफू आफन्त र चाटुकारहरुलाई दिइएको महत्वलाई हेर्दा संविधान भनेको त लेख्नको लागि लेखाउने अनि जनतालाई देखाउने दस्ताबेज मात्रै पो रहेछ कि क्या हो भन्ने जनतालाइ लागेको छ।

सबै ठाउँमा भागबन्डा र सत्ता टिकाउन जस्तालाई जहाँपनि नियुक्ति, खाने पाउने सबैठाउँमा तलदेखि माथिसम्मका कार्यकर्ताहरुलाई ठाडो नियुक्ति, आप्mनो सेवादार चाकरीदार भित्रिया विश्वासिला र मन परेकाहरुले जस्तोसुकै अपराध भ्रष्टाचार आदि गरेपनि सबैतिरबाट उन्मुक्ति, आफू र आफ्नाले खाएको सबै डकारेर र आवाज उठाउनेलाई हकारेर पचाउने अनि जस्तो काण्डबाट पनि बचाउने कामको लागि छानबिन गर्ने निकायहरुमा त्यस्तै सेवकहरुको नियूक्ति, कुनैपनि ठाउँमा नाताबाद कृपाबाद नगरिने गर्जनसहित पार्टीको माथिल्लो तहमा रहेका एउटै ब्यक्तिको एकाघरको परिबारको नाबालकबाहेक सबै वा झण्डै दुई दर्जन सदस्यहरुको घटीमा सहसचिब तहभन्दा माथिको स्तरमा नियूक्ति, संबिधानको मर्म र भावनाबिपरीत चुनाव हारेकाहरुलाई राष्ट्रिय सभामा मनोनित, कोरोनाको रोकथाम र नियन्त्रणजस्तो काममा जिम्मेवारहरु खुलेआम भ्रष्टाचारमा संलग्न भएकोमा उनीहरुको महान कार्यलाई निरन्तर संरक्षण, सरकारी नियुक्तिहरुमा खोजीखोजी र रोजीरोजी भाइ,भतिजा, ज्वाइँ, सम्धी, साला, साली, छोरी, बुहारी, सासु, बिचौलिया, चाकरीदारहरु आदिको नियुक्ति, सबै शासकीय तहमा ठेकेदार र बिचौलियाहरुको रजगज र निर्णायक भुमिका, हरेक तहको निणर्यमा भारी लेनदेन र त्यसको खुलेआम संरक्षण, सरकारी नियुक्तिका पदहरु खुलेआम मोलमोलाईसहित बिक्री आदि आदि भएगरेको देखेर सुनेर र अनुभव गरेर जनताले राणा शासन र अहिलेकोमा खासै फरक भएको कतैबाट हरक नपाउनु नै हाम्रो शासकीय संस्कार र परम्परालाई जोगाउन सक्ने हाम्रो बिशेष खुबी मान्न पर्छ अनि यसैबाट सबैजना सुखी र समृद्ध हुन्छन् भनेर जान्न पर्छ।

त्यही भएर जसले जे जसो भने पनि र जस्तोमा गने पनि हाम्रो संस्कार परम्परा पहिलेदेखि उस्तउस्तै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *