काठमाडौं उपत्यकामा थपिए ७११ संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २७८ महिला र ४३३ पुरुष गरी थप ८५९ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ५७० (२११ महिला, ३५९पुरुष), भक्तपुरमा ८३ (३७ महिला, ४६ पुरुष) ललितपुरमा ५८ (३० महिला, २८ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षिय पुरुष र ७७ वर्षिया महिला रहेका छन्। यस्तै ललितपुरकी ७६ र ६८ वर्षिया दुई महिला र ६० वर्षिय पुरुषको मृत्यु भएको छ।
प्रतिक्रिया
Facebook Comment