खाल्डोमा डुबेर एक बालकको मृत्यु
रौतहट । मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको भएको छ । सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भिर रहेको छ । वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिए ।
सोही खाल्डोमा डुबेका छोटेलाल यादवका वर्ष छ का मेघनाथ यादव र वर्ष चारका अमित यादवको विरगंज स्थित अस्पतालमा उपचार भइरहेको छ । आज दिउसो तीनै बालक गमहरिया गाँउछेउ शहीद चोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए । स्थानिय र प्रहरीको सहयोगमा उद्धारगरी उपचारका लागि विरगंज लैजाने क्रममा एक बालकको बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment