चीन र पाकिस्तानले बजार लिने डरका कारण भारतले नेपाललाई प्याज पठाउन थाल्यो

डिसी नेपाल
४ असोज २०७७ १२:०८

काठमाडौं। भारतले केही दिनअघि प्याज निर्यातमा लगाएको प्रतिबन्ध ३ देशका लागि खुला गरेको छ । भारतले सेप्टेम्बर १४ मा सबैतिर प्याज निर्यातमा रोक लगाएको थियो । तर, छिमेकी देशको बजार पाकिस्तान र चीनले लिन सक्ने खतरा बढेपछि भारतले नेपाल, बंगलादेश र भुटानका लागि प्याज निर्यात खुला गरेको दैनिक ट्रिब्युनले लेखेको छ । भारतले रोकिराखेको ३० हजार क्विन्टल प्याजको कन्साइनमेन्ट खुला गरेको हो ।

भारतको स्थानीय बजारमा प्याजको मूल्य बढेपछि भारतले सेप्टेम्बर १४ मा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्रतिबन्ध लगाएसँगै नेपाल, भुटान र बंगलादेशमा प्याजको मूल्य आकाशिएको थियो । स्थिति बिग्रँदै गएपछि भारतको परराष्ट्र मन्त्रालयको पहलमा बहु मन्त्रालय स्तरको छलफलपछि प्याज निर्यात खुला गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *