राप्रपा कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंगलबार बस्ने भएको छ। पार्टी अध्यक्ष कमल थापाले मंगलबार केन्द्रीय कार्यसम्पादनको बैठक बस्ने जानकारी दिए।
उनले ट्वीटरमा लेखेका छन्, ‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६गते गर्ने निर्णय पनि गरेको छ।’
हाल राप्रपामा थापासँगै पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।
तीन अध्यक्षबीच पार्टीको चुनाव चिन्हमा खटपट चलिरहेका बेला कार्यसम्पादन समितिको बैठक बसेको हो। केहीदिन अघिमात्र अध्यक्ष थापाले अर्का अध्यक्ष डा. लोहनीले एक अन्तर्वार्तामा भनेको कुरालाई लिएर पार्टी एकतामै आघात पुग्ने सार्वजनिक टिप्पणी गरेका छन्।
Facebook Comment