विश्वमा कोरोना : तीन लाख दश करोड संक्रमित, ९ लाख ६२ हजार बढीको मृत्यु

डिसी नेपाल
५ असोज २०७७ ७:४७

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड दश लाख भन्दा धेरै पुगेको छ। २ करोड २६ लाख ५४ हजार १८५ जना निको भएका छन् भने हालसम्म ९ लाख ६२ हजार ५५३ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा हालसम्म ६९ लाख ७३ हजार ५२९ जना संक्रमित पुगेका छन्। अमेरिकामा २ लाख तीन हजार ८९२ जनाको मृत्यु भएको छ भने ४२ लाख २४ हजार ३०७ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ५४ लाख १८ हजार ६८१ जना संक्रमित भएका छन् भने ८६ हजार ९२६ जनाको मृत्यु भएको छ। भारतमा ४३ लाख १४ हजार ६०६ जनाले कोरोनालाई पराजित गरेका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ४५ लाख २८ हजार ३४७ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार ५६५ जनाको मृत्यु भएको छ। ब्राजीलमा ३८ लाख ३० हजार ९५ जनाले कोरोनालाई जितेका छन्।

चौथौ नम्बरमा रहेको रुसमा ११ लाख ३ हजार ३९९ जना संक्रमित भएका छन् भने १९ हजार ४१८ जनाको मृत्यु भएको छ। रुसमा ९ लाख ९ हजार ३५७ जना निको भएका छन्।

यसैबीच संक्रमितको संख्या बढ्दै भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जनसनले शनिबारदेखि मुलुकमा नयाँ प्रतिबन्ध लगाएका छन्। बेलायतमा संक्रमणको दोस्रो लहर सुरु भएको छ।

तै पनि सरकारले जारी गरेको स्वास्थ्य नियम जनताले पालना गर्ने गरेका छैनन्। कोरोना पोजेटिभ देखिएपछि सेल्फ आइशोलेसनमा नबस्ने मानिसलाई १३ हजार डलरको जरीवाना गर्ने प्रधानमन्त्रील जारी गरेको नयाँ नियममा उल्लेख गरिएको छ।

बेलायतमा हालसम्म ३ लाख ९० ३५८ जना संक्रमित भएका छन्। बेलायतमा हालसम्म ४१ हजार ७५९ जनाको मृत्यु भइसकेको छ। युरोपमा बेलायत सबैभन्दा धेरै मृत्यु हुने मुलुक बनेको छ। बेलायतमा विगत पाँच दिनमा तीन हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले एक ठाउँमा ६ जना भन्दा धेरै मानिस भेला हुन प्रतिबन्ध लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *