दक्षिण कोरियाबाट एसियना एयरलाइन्सले काठमाडौंका लागि उडान भर्ने
काठमाडौं । दक्षिण कोरियाबाट एसियना एयरलाइन्सले काठमाडौंका लागि उडान भर्ने भएको छ ।
सौलस्थित नेपाली दूतावासका अनुसार २९ सेप्टेम्बरमा एसियना एयरलाइन्सको सोल–काठमाडौं एकतर्फी हवाइ उडान तय भएको हो । जसका लागि नेपाल सरकारले उडान अनुमति दिइसकेको दूतावासले जनाएको छ ।
सो उडानमार्फत नेपाल फर्कन चाहाने यात्रुलाई उक्त एयरलाइन्सको टिकट सम्बन्धी व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाल टुर कम्पनी लिमिटेडका प्रतिनिधि केपी सिटौसँग दूतावासले आग्रह गरेको छ । सिटौलालाई ०१०–४७६७–५२४८० नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया
Facebook Comment