दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

डिसी नेपाल
८ असोज २०७७ १३:०९

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्र्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ । बुधबारदेखिको अविरल झरीले दाउन्नेका दर्जनौं स्थानमा पहिरो गएका छन।

१६ किलोमिटर सडक पर्ने दाउन्ने सडक पहाडी क्षेत्रमा पर्छ, सो क्षेत्रमा सानाठुला गरी ६ ठाउँमा पहिरो गएको जिल्ला प्रहरीकार्यलय पूर्र्वी नवलपरासीले जनाएको छ।

झरीले पहिरो पन्छाउन गरिएको प्रयास सफल नभएको जाममा फसेका एक यात्रुले भने, ‘पानी नरोकिएसम्म राजमार्ग खुल्न मुस्किल छ । दाउन्ने सडकखण्डका दर्जनौं स्थानमा पहिरो झरेका कारण यात्रा जोखिमपूर्ण बनेको उनले डिसी नेपाललाई जानकारी दिए ।

सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *