काठमाडौं उपत्यकामा थपिए ७५५ संक्रमित, ६ जनाको मृत्यु

डिसी नेपाल
८ असोज २०७७ १६:३९

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २७९ महिला र ४७७ पुरुष गरी थप ७५५ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ६०९ (२२९ महिला, ३८० पुरुष), भक्तपुरमा ५१ (१२ महिला, ३९ पुरुष) ललितपुरमा ९५ (३८ महिला, ५७ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ३ पुरुष र एक महिला, भक्तपुरका एक पुरुष र एक महिला रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *