कोहलपुरमा पानी उद्योग सिल
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधारबिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परीक्षणका क्रममा खानयोग्य नदेखिएकाले उद्योग सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।
यस अघि सो उद्योगलाई पूर्वाधार उपयुक्त नरहेको भन्दै सुधारका लागि निर्देशन दिइएको भए पनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सिल गरिएको जनाइएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नाप तौल विभागको टोली, कोहलपुर नगरपालिकाका प्रतिनिधि र प्रहरीको सहभागिता रहेको थियो ।
Facebook Comment