स्तनको आकार ठूलो हुने महिलाका अनुभव
लन्डन। अधिकांश महिलाहरु आफ्नो शारीरिक सौन्दर्यलाई लिएर स्तनको आकारलाई लिएर निकै चिन्तित हुने गरेको पाइएको छ। अझै महँगो सिलिकन प्याड प्रत्यारोपण गरेर स्तनको क्रितिम रुपमा भएपनि आकार बढाउन होडवाजी गर्नेहरु पनि कमि छैनन्। तर कसै कसेलाई भने स्तनको ठूलो आकार समस्या र अभिशाप सावित पनि भइरहेको सम्बन्धमा वेलायतका केहि महिलाले आफ्नो शब्द अघि राखेका छन् ।
लेइया पार्कर भन्छिन् , ‘ मेरा ठूला आकारका स्तन मेरो अस्तित्वको परिचय नै भइसकको छ। यसका मार्फत मोडलिंग गरेर म कमाउने पनि गर्दछुँ। पक्कै पनि मलाई ३२ एनएन कप मनपर्छ। तर आकारकै कारण मलाई कार चलाउन र गर्भवतीहरुका प्रयोगका लागि बनाइएको सोफामा सुत्न लगायतका समस्या भोग्न बाध्य भएकी छुँ।’
साथै ठूला आकारका स्तनलाई लिएर पुरुषहरुबाट निकै नकारात्मक टिप्पणी पनि हुने गरेका छन्। केहिले त यसैका कारण महिलाहरुलाई लाज लाग्नु पर्ने पनि बताएका छन् । तर केहि महिलाले भने यसबाट आफुलाई अन्य खासै कुनै पनि समस्या नभएको बताउँछन् ।
लन्डन देखि दक्षिण पश्चिममा पर्ने टिवकनह्याम निवासी लेइयाले औसत आकार बन्दा आफ्ना स्तन पाँच गुणा ठूलो भएपनि आफुलाइृ कुनै दुख नलागेको बरु यसबाट मासिक दस हजार पाउन्ड आर्जन भइरहेको बताउँछिन्।
उनी आफु वेलायतकै सबैभन्दा ठूलो आकारका स्तनकी धनी भएकोमा गौरव लागेको बताउँछिन्। ५ फिट ३ इन्च उचाइकी लेइयाले स्तनको सौन्दर्य बढाउन धेरै पटक सर्जरी गराउन थुप्रै पैसा पनि लगानी गरेकी थिइन्। लेइया ठूलो आकारका स्तन भएका महिलाहरुका एक प्रतिनिध पात्रका रुपमा सार्वजनिक भएकी खबर आजको नेपााल समाचारपत्रले प्रकाशन गरेको छ।
Facebook Comment