कोरोनाभाइरस भ्याक्सिन सर्वसाधारणको लागि उपलब्ध
काठमाडौं। रुसले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन आम सर्वसाधारणको लागि उपलब्ध गराइएको छ । रुसले सबैभन्दा पहिले विकास गरेको दावी गरिएको भ्याक्सिन स्पुतनिक भी अब सर्वसाधारणको लागि उपलब्ध भएको रुसको सरकारी मिडियाले बिहीबार जानकारी दिएको हो । रुसले कोरोनाभाइरसको जारी संकटको समाधानको लागि स्पुतनिक भी निकै प्रभावकारी हुने दावी समेत गरेको छ ।
मिडिया रिपोर्टका अनुसार पहिलो चरणमा यो भ्याक्सिन राजधानी मस्कोमा आम सर्वसाधारणको लागि उपलब्ध गराइएको छ । गएको अगष्टमा रुसले स्पुतनिक भी सफल भएको घोषणा गरेको थियो । रुसको सरकारी गेमालेया इन्स्टिच्युटले विकास गरेको यो भ्याक्सिन त्यतिबेलादेखि नै चर्चामा छ । रुसले यो भ्याक्सिन विदेशमा निर्यात गर्ने समेत योजना बनाइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment