प्रधानसेनापति थापा ‘सेल्फ क्वारेन्टिनमा’
काठमाडौं। सरकारी निवासको भान्छामा काम गर्ने एक जना सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिन’ मा बसेका छन्।
प्रधानसेनापति थापाको सरकारी निवासको भान्छामा कार्यरत एक जनालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। ‘उहाँको सरकारी निवासमा भान्छामा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि उहाँ आजदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु भएको हो,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले डिसी नेपालसँग भने, ‘पाँच दिन क्यारेन्टिन पूरा गरेर छैटौं दिन पीसीआर टेस्ट गर्ने स्वास्थ्य मापदण्ड छ।’
प्रधानसेनापति थापा यसअघि पनि सेल्फ क्वारेन्टाइनमा बसेका थिए। सीसीएमको बैठकमा सहभागी हुने क्रममा त्यहाँ कार्यक्रम सहयोगीलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापासहित रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत सेल्फ क्वारेन्टिनमा बसेका थिए।
Facebook Comment