राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए।
प्रतिक्रिया
Facebook Comment