कृषिमा इजरायली प्रविधि भित्र्याइँदै, एमओयू गर्न राजदूतलाई मन्त्रिपरिषदको अनुमति
काठमाडौं। कृषिलाई आधुनिकरण गर्न नेपालमा इजरायली प्रविधि भित्र्याइने भएको छ। विश्वमा इजरायलको कृषि प्रविधिलाई उत्कृष्ट मानिन्छ। इजरायलको प्रविधि भित्र्याउन इजरायलसँग समझदारी (एमओयू)मा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अनुमति दिइएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलसँग एमओयू गर्न राजदूत डा. शाक्यलाई अनुमति दिने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। स्रोतका अनुसार इजरायलसँग देशका सबै ७ वटै प्रदेशमा कृषि वागवानी स्थापना गर्न समझदारीमा सम्झौता हुन लागेको हो। स्रोतका अनुसरा सोमबार नै यो समझदारीमा हस्ताक्षर हुने सम्भावना छ।
एकमन्त्रीले इजरायलसँग कृषि प्रविधिबारे अनुभव आदानप्रदान गर्न एमओयू गर्ने तयारी भएको जानकारी दिए।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेको बेला भएको आइतबारको मन्त्रिपरिषद् बैठकमा यो विषयमा भने कुनै चर्चा नभएको जनाइएको छ। मन्त्रिमण्डल पुनर्गठन गर्न केही मन्त्रालय विभाजन गर्ने तयारी भएकोसमेत चर्चा थियो। तर, आइतबार सो विषयले बैठकमा प्रवेश नपाएको एकमन्त्रीले जानकारी दिए।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएपछि मन्त्रीहरु हतारहतार बालुवाटार पुगेका थिए। मन्त्रिमण्डल पुनर्गठन र मन्त्रालय विभाजनको चर्चाका कारण मन्त्रिहरु आइतबार पक्कै केही हुन्छ भन्नेमा थिए।
तर, नार्कको कार्यकारी निर्देशक र इजरायलसँगको एमओयू गर्न राजदूतलाई अनुमति दिनेबाकेह अन्य निर्णय नभएको एकमन्त्रीले बताए। दिउँसो १२ बजेका लागि बोलाइएको बैठक १ बजेर १० मिनेटमा शुरु भएको थियो भने करिब सवा दुई बजे सकिएको थियो।
Facebook Comment